२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभीमेश्वर नगरपालिकाले नि:शुल्क कोरोना परीक्षण तथा उपचार गर्ने

भीमेश्वर नगरपालिकाले नि:शुल्क कोरोना परीक्षण तथा उपचार गर्ने


-जीवन लामा

दोलखा – सरकारले कोरोना संक्रमित आफैले उपचार तथा कोरोना परीक्षण गर्ने निर्णय गरिरहँदा भीमेश्वर नगरपालिका दोलखाले भने नि:शुल्क उपचार गर्ने भएको छ ।

सरकारले आइतबारबाट लागू हुने गरी कोरोनाका पिसिआर र संक्रमित बिरामीहरुको उपचार स्वयम व्यक्तिले गर्नुपर्ने निर्णय गरेसँगै भीमेश्वर नगरपालिका दोलखाले भने आफ्ना नागरिकहरुको कोरोना परीक्षण र उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको ५९ औं बैठकले कोरोनाको लक्षण देखिएका सबै नागरिकको पिसिआर परीक्षण गर्नुको साथै संक्रमण पुष्टि भएका नागरिकको सम्पूर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईले बताए ।

कोरोना संक्रमण पुष्टि भएका नागरिकलाई भीमेश्वर नगरपालिकाको आईसोलेशनमा राखी उपचार गरिने समेत प्रवक्ता चौलागाईले जानकारी दिनुभयो । नगरपालिकाले नागरिकको उपचारको लागि विपद व्यवस्थापन कोषको रकम प्रयोग गर्ने जनाएको छ ।

यसैबीच चरिकोटमा न्याय हेल्थद्धारा सञ्चालन गरिएको प्राथमिक स्वास्थ्य केन्द्रले कात्तिक १५ गतेदेखि दोलखामा सेवा बन्द गर्ने निर्णय गरेसँगै अस्पतालको नाम चरिकोट अस्पताल नामाकरण गरी भीमेश्वर नगरपालिका मातहतबाट सेवा प्रदान गर्ने समेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

महामारीका बेला नागरिकको उपचार गर्ने दायित्व स्थानीय सरकारको रहेको स्मरण गराउदै नगरपालिकाले नागरिकप्रति जिम्मेवार बन्दै कोरोना परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ