२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदशैँपछि दोलखामा कोरोना संक्रमण बढ्यो

दशैँपछि दोलखामा कोरोना संक्रमण बढ्यो


दोलखा – दशैँ मनाउन घर फर्केका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि आएको छ । दशैँ अगाडि सक्रिय संक्रमित १० जना रहेकोमा दशैँलगत्तै  सो संख्या बढेर ८० पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले आइतबार नागरिक समाज र पत्रकारहरुलाई जानकारी दिदैं कोरोना संक्रमण नियन्त्रणको लागि राय मागेको थियो । अहिले दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।

दशैँमा जिल्लामा फर्कनेको संख्यामा वृद्धि हुनुको साथै स्वास्थ्य सावधानी नपनाएको कारण कोरोना भाइरस फैलिएको हुनसक्ने दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताए । अन्तरक्रियामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कमजोर, स्वास्थ्यकर्मी र व्यापारीहरुमा संक्रमण देखिएकाले अवस्था जटिल बन्दै गएको, प्रशासनले जारी गरेको आदेशको पालना नगर्ने प्रवृद्धि, कारवाही गर्न व्यवहारिक कठिनाई र नागरिक आफैं सचेत नभएसम्म नियन्त्रणमा कठिनाई रहेको प्रमुख जिल्ला अधिकारी शिवाकोटीले जानकारी दिए ।

कार्यक्रममा नागरिक समाज तथा पत्रकारहरुले जिल्लामा थप जटिलता आउन नदिनको लागि लकडाउनको विकल्प खोज्न आग्रह गर्नुभएको थियो । उच्च स्वास्थ्य सावधानी अपनाउनुको साथै चेतनामूलक कार्यक्रम गर्नको लागि नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले अनुरोध गर्नुभयो । बेलैमा सचेत गराउन सकेमा मात्र जिल्ला सुरक्षित रहने भएकाले प्रशासनले जस्तोसुकै चुनौती अपनाउन आवश्यक रहेको संयोजक मास्केको जोड थियो ।

जिल्लामा हालसम्म १४१ जना कोरोना संक्रमित रहेको छ भने ५१ जना आइसोलेशनमा रहेका छन् । अहिलेसम्म १ जनाको मात्र कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ