२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान

नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान


दोलखा – नेपाली काँग्रेसका नेता स्व. भिम बहादुर तमाङ्गज्यूको ८ औं स्मृति दिवसको उपलक्ष्यमा दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ६ स्थित जिल्ला कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दाेलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा आइतबार सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमकाे शुभारम्भ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरेका हुन्। उनको यो १ सय ६४ औं पटकको रक्तदान रहेको छ।

साे कार्यक्रमकाे प्रमुख अतिथि दाेलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, विशिष्ट अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र अतिथिहरूमा नेपाल रेडक्रस साेसाइटी दाेलखा जिल्ला शाखा सभापति गाेकर्ण प्रसाद पाेखरेल,नेपाल स्वयंसेवी रक्तदाता समाज दाेलखा जिल्ला शाखा अध्यक्ष श्याम गाैतमको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्वयंसेवी तवरले रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई अध्यक्ष कर्माचार्यले प्रमाण-पत्र वितरण गरेका हुन्।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ