२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशअस्पताल शिलान्यासमा कांग्रेसद्धारा विरोध

अस्पताल शिलान्यासमा कांग्रेसद्धारा विरोध


दोलखा – देशभर एकैसाथ ३ सय ९६ वटा अस्पतालको शिलान्यास कार्यक्रमअन्तरगत दोलखाको गौरीशंकर गाउँपालिकामा हुन लागेको अस्पतालको शिलान्यासमा कांग्रेसद्धारा विरोध भएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदाहुँदै थप अस्पताल आवश्यक नरहेको भन्दै सोमबार हुन् लागेको शिलान्यासमा  गौरीशंकर गाउँपालिकामा जनप्रतिनिधि र नेपाली कांग्रेस गाउँ समितिले विरोध जनाएको हो ।

प्रेस विज्ञप्ती जारी गर्दै भवन शिलान्यासको विरोध जनाएको कांग्रेस गाउँ समितिले बताएको छ ।  दोलखाको ६ वटा स्थानीय तहमा आज ५ देखि १५ शैयासम्मको अस्पतालको शिलान्यास गरेको छ । सरकारले मंसिर १५ गते देशभरका ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्न लागेसँगै दोलखामा ६ वटा अस्पतालको शिलान्यास भएको छ ।

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५,१० र १५ शैयाका अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सोहीअनुसार दोलखाको भीमेश्वर नगरपालिकामा १५ शैयाको अस्पताल आज बागमती प्रदेश सांसद पशुपति चौलागाईले शिलान्यास गर्नुभयो । उक्त अस्पतालको कुल लागत ३ करोड ३० लाख २० हजारको लागतमा निर्माण हुन लागेको हो ।

तामाकोशी गाउँपालिकाको मालु स्वास्थ्य चौकीमा १० शैय्याको अस्पताल शिलान्यास भएको छ । कुल ८५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।

त्यसैगरी, वैतेश्वर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको वैतेश्वर अस्पतालमा १५ शैयाको कुल १ करोडमा निर्माण हुन लागेको छ । मेलुङ गाउँपालिकाको भेड्पू स्वास्थ्य चौकीमा ५ शैया र शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा ५ शैयाको अस्पताल कुल ७०÷७० लाख लागतमा निर्माण गर्न शिलान्यास भएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ