२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा कोरोनाले जनप्रतिनिधिको मृत्यु

दोलखामा कोरोनाले जनप्रतिनिधिको मृत्यु


चरिकोट—दोलखामा पहिलो पटक कोरोना भाइरसको संक्रमणको कारण जनप्रतिनिधिको मृत्यु भएको छ । शैलुङ गाउँपालिका—७ फस्कुका वडाअध्यक्ष धावावाङ्गेल लामा (प्रेम लामा) को कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

केही हप्तादेखि बिरामी परेका वडाअध्यक्ष धावावाङ्गेल लामा काठमाडौंमा उपचारको लागि लगेका थिए । तर, ४ दिनअघि मात्र किस्ट हस्पिटलले कोरोना पोजिटिभको रिपोर्ट बुझाएको थियो ।

४ दिनपछि आज लामाको मृत्यु भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए । ५२ वर्षीय लामाको सोमबार अपान्ह ३ बजेतिर हस्पिटलले मृत्यु घोषणा गरेका थिए । लामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दोलखाका जिल्ला कमिटी सदस्य समेत रहेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ