२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकोरोना खोपप्रति जनविश्वास बढ्दो

कोरोना खोपप्रति जनविश्वास बढ्दो


दोलखा—दोलखामा फागुन २ गतेदेखि सुरु भएको कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान जारी छ । अभियानको दोस्रो दिन बुधबारसम्म उच्च प्राथमिकतामा रहेका ६ सय ६३ जनाले कोरोना विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्र लगाएका छन् ।

९० जना पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, २ सय ६२ जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी, ९१ जना निजामती सेवाका कर्मचारी, ५१ जना जनपद प्रहरीले खोप लगाएका छन् ।

१५ जना बोर्डरमा खटिने सशस्त्र प्रहरी, ८३ जना बैंक तथा वित्तिय संस्थाका कर्मचारी, ४५ जना प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, १७ जना न्याय सेवा समूहका कर्मचारी र ९ जना पत्रकारले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभू कुमार झाले बताए ।

खोप अभियानको पहिलो दिन ५७ जना, दोस्रो दिन १ सय ७२ जना, तेस्रो दिन १ सय ६४ जना र चौथो दिन २ सय ७० जना प्राथमिकतामा परेका व्यक्तिहरुले खोप लगाएका छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा अवस्थित चरिकोट अस्पताल, जिरी अस्पतालमा र उत्तरी क्षेत्रमा अवस्थित सिंगटी प्राथमिक केन्द्रलाई पनि कोभिड १९ विरुद्धको खोप केन्द्र तोकिएको छ ।

पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालक, कारागारका कर्मचारी, कैदीबन्दी, सरसफाईकर्मीलाई खोप लगाइएको थियो ।

खोप लगाईएकाहरुमध्ये केहीलाई सामान्य ज्वरो, टाउको दुखेको र जीउ दुख्ने जस्ता लक्षणहरु देखा परेको थियो । खोप सुरक्षित र प्रभावकारी रहेकोले कुनै शंका नगर्न स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ