२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशअब चरिकोट अस्पतालमै पीसीआर परीक्षण

अब चरिकोट अस्पतालमै पीसीआर परीक्षण


दोलखा-कोभिड-१९ को संक्रमण बढिरहेको बेलामा समयमै रिपोर्ट दिनको लागि जिल्लामै पीसीआर ल्याव सञ्चालनमा आएको छ । भीमेश्वर नगरपालिका दोलखाको पहलमा चरिकोट अस्पतालले प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

स्वाव संकलन गरी धुलिखेल अस्पताल पठाउदा हप्तौ समय लाग्ने भएकाले भीमेश्वर नगरपालिकाको पहलमा पीसीआर मेसिन खरिद गरिएको थियो । यसअघि कोरोना संक्रमितको पीसीआर रिपोर्ट नआउँदै पुग्दै बिरामी समस्यामा परिसकेका हुन्थे ।

स्वाव लिएर धुलिखेल अस्पताल धाउनुपर्ने र पुनःरिपोर्ट लिन सोही अस्पताल धाउदा पर्ने बाध्यात्मक अवस्था टरेको भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले बताए ।

ल्यावबाट अहिले एकपटकमा सय जनाको स्वाव परीक्षण गर्न सकिने जनाइएको छ । पीसीआर मेसिन खरिदको लागि दोलखा संघ र प्रदेश सांसद ३ जनाले ५०÷५० लाखका दरले विनियोजन गरेको १ करोड पचास लाख बजेटबाट चरिकोट अस्पतालमा पीसीआर मेसिनसहित प्रयोगशालाको स्थापना गरिएको छ ।

उक्त मेसिन खरिदको लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत संघका प्रत्यक्ष सांसद पार्वत गुरुङ, बागमती प्रदेशका सांसद पशुपति चौलागाई र विशाल खड्काले डेढ करोड बजेट विनियोजन गरेका थिए । हाल उक्त ल्यावबाट स्वाव संकलन गरेको केही घण्टामै रिपोर्ट दिन सहज भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुख श्याम खड्काले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ