२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचरिकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने

चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने


चरिकोट-दोलखा सदरमुकाम चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट विनियोजन भएको छ । कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दो क्रममा भएपछि जनप्रतिनिधिहरुको पहलमा उक्त अक्सिजन प्लान्ट स्थापनाको लागि बजेट विनियोजन भएको हो ।

चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न संघीय सरकारमार्फत दुई करोड ३५ लाख विनियोजन भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको पहलमा चरिकोट अस्पतालमा ५ वटा एचडियू बेडसहित अक्सिजन प्लान्ट स्थापना गर्न रकम विनियोजन भएको चरिकोट अस्पताल सञ्चालक समितिका अध्यक्ष भरतबहादुर केसीले जानकारी दिए ।

चरिकोट अस्पताललाई एक करोड ५५ लाख र जिरी नगरपालिकामा रहेको जिरी अस्पतालमा पाँच वटा एचडियू बेड स्थापनाको लागि ८० लाख रुपैयाँ रहेको छ । सरकारले नेपालका १३ अस्पतालमा अक्सिजन प्लान्ट जडान तथा एचडियु बेडको लागि १७ करोड ८७ लाख ७० हजार रुपैयाँ निकासा दिएकामा दोलखाको दुई स्थान पनि प्राथमिकतामा परेको हो ।

यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ उपलब्ध गराएको थियो । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरुप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ