२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशत्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कोरोना संक्रमण

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कोरोना संक्रमण


काठमाडौं-कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा रहेर बिरामीको उपचार र व्यवस्थापनमा सक्रिय त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई कोरोना संक्रमित भएका छन् । शनिबार डा. पाण्डेको पिसिआर परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

डा. पाण्डेसँग अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने पनि कोभिड-१९ संक्रमित भएका छन् । ‘अध्यक्षज्यू र म लगातार अस्पतालमा कोभिड-१९ को उपचार र व्यवस्थापन खटिएका थियौं । आफै पनि संक्रमित भइएछ,’ डा. पाण्डेले हेल्थआवाजसँग भने ।

उपत्यकाबाहिरको त्रिशुली अस्पताल पछिल्लो समय थुप्रै सुधारका कामहरु भएका छन् । जसका कारण कोभिड-१९ का कतिपय बिरामी काठमाडौं आईसीयु नपाएपछि त्रिशुली अस्पताल समेत पुगेर उपचार गर्न थालेका छन् ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । ५० शैय्याको त्रिशुली अस्पतालले कोभिड १९ को संक्रमण बढेपछि ३० शैया थप गरेर कोभिड बिरामीको उपचार गरिरहेको छ । अस्पतालमा ६५ जना कोभिड-१९ संक्रमित उपचार भइरहेको छ । जसमध्ये ६ जना आईसीयु र चार जना भेन्टिलेटरमा छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ