२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसामाजिक विकास मन्त्री बस्नेतद्वारा गृह जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सामाजिक विकास मन्त्री बस्नेतद्वारा गृह जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


दोलखा—कोभिड–१९ को संक्रमण रोकथाम तथा उपचारको लागि बागमती प्रदेशकी सामाजिक विकास मन्त्रीले गृह जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले स्वास्थ्य कार्यालय दोलखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

दोलखाको ९ वटै स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आवश्यकता र अवस्था हेरी सामाग्री हस्तान्तरण गर्नको लागि एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री शनिबार जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौड्याललाई संयुक्त रुपमा मन्त्री बस्नेतले हस्तान्तरण गरेकी हुन् ।

कोभिड–१९ का बिरामी र स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्री अन्तरगत भेन्टिलेटर, मोवाइल एक्स-रे मेसिन, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, डेट बडी व्याग, डिजिटल थर्मोमिटर, पल्स अक्सिमिटर, सर्जिकल तथा अन्य गरी करिब ७० हजार वटा मास्क, पन्जा, स्यानिटाइजर, गाउनलगायतका सामाग्री रहेका छन् ।

त्यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटमा पनि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका गरिएको छ । यस प्रकारका स्वास्थ्य सामग्री बागमती प्रदेशका सबै जिल्लामा मन्त्री तथा सांसदहरुमार्फत पठाइने कुरा मन्त्री बस्नेतले बताइन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ