२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट, तीन जना पक्राउ

कोभिड अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट, तीन जना पक्राउ


चरिकोट—दोलखाको तामाकोशी गाउँपालिका–४ मालुमा सञ्चालनमा रहेको मालू कोभिड अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीमाथि गए राति हातपात भएको छ ।

राति १२ बजेको समयमा स्थानीय केही युवाहरुले मदिरा सेवन गरी अस्पताल प्रवेश गरी कोभिड अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई हातपात गरेको वडा¬–४ का वडाअध्यक्ष तथा तामाकोशी गाउँपालिकाका प्रवक्ता होमबहादुर श्रेष्ठल बताए ।

अस्पतालमा रहेका डाक्टर र कर्मचारीमाथि बिना कारण अस्पताल नजिकै होटलमा मदिरा सेवन गरी अस्पतालमा प्रवेश गरेर डाकटरमाथि कुटपिट गरेको बताइएको छ । गाउँपालिकाले सञ्चालन गरेको मालू कोभिड अस्पतालमा गएर राति १२ बजेको समयमा मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको अन्य बिरामीको समेत उपचार गर्नको लागि दवाब दिँदै डाक्टरमाथि हातपात र कुटपिट भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताए ।

मदिरा सेवन गरी कोभिड अस्पतालको बन्द रहेको गेट नाघेर अस्पताल प्रवेश गरेका ती युवाहरुलाई अस्पतालमा कोरोनाको बिरामी रहेको कारण अस्पतालभित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिडको बिरामी भन्दा छुट्टै परीक्षण गराउने बताउँदा एक्कासी ती युवाहरुले आफूलाई कुटपिट गरेको डाक्टर रोविस कार्कीले जानकारी दिए । राति एक्कासी अस्पतालको गेट नाघेर चार जनाको समूहभित्र पसी आफूहरुमाथि कुटपिट गर्न थालेपछि डाक्टर तथा कर्मचारीहरु भागेर बसेको डाक्टर कार्कीले बताए ।

डाक्टरलाई कुटपिट गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले तामाकोशी गाउँपालिका मालूका गोपाल तिमलसिना, रोसन पोखरेल र बिजुले नेपालीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र कानुनअनुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र र कोभिड नियन्त्रणका लागि अस्पतलमा खटिरहेको डाक्टरमाथि कुटपिट हुनु गम्भीर घटना भएको र कानुनअनुसार कारवाही हुनुपर्ने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ