२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशजिल्लामै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

जिल्लामै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा


दोलखा—‘सन्तुलित आहारा, स्वास्थ्यमा सुधारः हुनुपर्दैन कसैले, कुपोषणको सिकार’ भन्ने नाराका साथ भीमेश्वर नगरपालिका–२ मा अवस्थित दोलखा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएका हुन । पोषणासम्बन्धी सबै सूचाङ्क पूरा गरेको हुनाले आज एक समारोहबीच घोषणा गरिएको हो ।

भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा पोषणमैत्री स्वास्थ्य संस्थाका हुनको लागि अपनाउनुपर्ने सूचाङ्कहरु हरेक स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना, पोषण सम्बन्धि विभिन्न सूचनामूलक पोष्टहरु स्वास्थ्य संस्था प्रदर्शन, हरेक स्वास्थ्य संस्थाको २४ महिनासम्मका बालबालिकाहरुको नियमित वृद्धि अनुगमन गरेको ९५ प्रतिशतभन्दा माथि हुनुपर्ने, हरेक स्वास्थ्य संस्थामा स्तनपान सम्बन्धि पोष्टर टाँसेको, पूर्ण स्तनपान गराउने आमाहरु ९० प्रतिशतभन्दा माथि हुनुपर्ने, ६ महिनापछि थप खानेकुराहरु मातृशिशु तथा बाल्यकालीन पोषणको मापदण्डअनुसार खुवाएको ९० प्रतिशत भन्दा माथि हुनुपर्ने, स्वास्थ्य संस्था भएको वार्डभित्र कुनैैपनि बालबालिका कुपोषण नभएको सुनिश्चित गर्नुपर्ने, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत स्कुल जाने बालबालिकाले अर्धवार्षिक रुपमा जुकाको औषधि कम्तिमा ९५ प्रतिशतले खाएको हुनुपर्ने, कम्तिमा ९५ प्रतिशत गर्भवती तथा सुत्केरी महिलाले २२५ चक्की आइरन फोलिक एसिड खाएको हुनुपर्ने, ६ देखि ५९ महिनाका बालबालिकाहरुले अर्धवार्षिक रुपमा भिटामिन ए र १२–५९ महिनाका बालबालिकाहरुले जुकाको औषधि ९५ प्रतिशतले खाएको हुनुपर्ने, स्वास्थ्य संस्थामा आउने सम्पूर्ण आमा तथा शिशुहरुलाई पोषण सम्बन्धि परामर्श दिएको हुनुपर्ने, नागरिक बडापत्रमा पोषण कार्यक्रम समावेस हुनुपर्ने र अभिलेख तथा प्रतिवेदन तोकिएको बमोजिम हुनुपर्ने उल्लेख गरिएको छ ।

भीमेश्वर नगरपालिकाका कार्यवाहक वडाअध्यक्ष लालकृष्ण थामीको अध्यक्षतामा भएको पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, उपप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिकाका स्वास्थ्य प्रमुख श्याम खड्का, दोलखा स्वास्थ्य चौकीका इञ्चार्ज रामकृष्ण मास्के, ग्रामीण विकास टुकी संघका महासचिव मकरध्वज पाख्रिन, सुहारा कार्यक्रम दोलखाका संयोजक रुपेन लामा, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेल, क्षयरोग निवारण संघका अध्यक्ष हर्कबहादुर श्रेष्ठ र भीमेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक हरिहर न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था भएकाले छिट्टै अन्य स्वास्थ्य संस्थाहुँदै भीमेश्वर नगरपालिकानै पोषणमैत्री बनाउने भनाई व्यक्त गरे ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ