२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशएक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


चरिकोट—दोलखाको वैतेश्वर गाउँपालिका–८ वडा कार्यालयको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । वडा नम्बर ८ क्षेत्रपामा आयोजित स्वास्थ्य शिविर चरिकोट अस्पताल र लालीगुराँस सामुदायिक अस्पतालको सहकार्यमा भएको थियो । शिविरमा ६ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराउनुको साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा चरिकोट अस्पतालका डा. देवेन्द्र गौतमले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा आँखा, कान, नाक र ग्याष्ट्रिक सम्बन्धी बढी बिरामीहरुको जाँच तथा उपचार गरेका थिए । जनतालाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले वडा कार्यालयले यो अभियान सुरु गरिएको वडा अध्यक्ष रमेश अधिकारीले बताए ।

जनताको स्वास्थ्य प्रमुख विषय भएकाले गाउँमा नै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वडाअध्यक्ष अधिकारीले बताए । गाउँमा सडक, खानेपानी, शिक्षा, कृषि क्षेत्रमा धेरै काम गरेको तर स्वास्थ्य क्षेत्र पनि महत्वपूर्ण भएकाले वडामै चिकित्सकहरु ल्याएरु स्वास्थ्य जाँच गरिएको अधिकारीको भनाइ छ ।

यस शिविर आयोजना गर्नको लागि विभिन्न संघसंस्थाले समेत सहयोग गरेका छन् । साथै शिविर सञ्चालनको लागि सदरमुकाम चरिकोटबाट भीमसेन डेन्टल क्लिनिक, तिलगंगा आँखा केन्द्रलगायतले शिविरलाई साथ दिएका थिए । क्षेत्रपाका धेरै जनतालाई स्वास्थ्य सेवा पुर्याउनको लागि स्थानीय युवाहरु भरत श्रेष्ठ, पुस्कर अधिकारी र सुब्बा श्रेष्ठ लागि परेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ