२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण

दोलखाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण


दोलखा —पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेलको पहलमा दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । आइतबार जिल्ला समन्वय समिति दोलखाका प्रमुखमार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको हो । करिव ४५ लाख मूल्य बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

नेपाल चीन हिमालयन फ्रेन्डसीप समाजले चीनको तिब्वत सरकारसँगको सहकार्यमा दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक रहेको स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो । जिल्लाको सात गाउँपालिका र दुई नगरपालिकामा सञ्चालनमा रहेको अस्पतालहरुलाई पूर्वमन्त्री पोखरेलले एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

संंस्थाले अक्सिनज ५० थान, इसिजी मेसिन २ थान, प्यासेन्ट मनिटर २ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, प्यासेन्ट वेड १० थान, अक्सिमिटर २० थान, पीपीई सेट ५०० थान, माक्स १५ थान, मेडीकल ट्रली २ थान, डिजिटल थर्मोमिटर ९०० थान सहयोग हस्तान्तरण गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई ५० थान अक्सिजन सिलिन्डर, तामाकोशी गाउँपालिकालाई इसिजी मेसिन, प्यासेन्ट मनिटर, अक्सिमिटर पीपीइ सेटलगायत सामाग्री वितरण गरिएको छ भने सिंगटी अस्पताल, चरिकोट अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरुलाई मेडिकल ट्रली, डिजिटल थर्ममिटर, अक्सिजन कन्सन्ट्रेटर, वेड, अक्सिमिटर लगायतका सामाग्री वितरण गरिएको छ ।

नेपाल चीन हिमालयन फ्रेन्डसीप समाजका संस्थापक अध्यक्ष तथा पूर्वमन्त्री आनन्द पोखरेलले जिल्लाको विभिन्न क्षेत्रमा रहेको नागरिकहरुलाई स्वास्थ्य उपकरणको अभावमा उपचार गर्न समस्या नहोस भन्ने उद्धेश्यले स्वास्थ्य सामग्रीहरु वितरण गरिएको बताए । कोभिड—१९ संक्रमणको बेलामा अक्सिजनको अभावमा जिल्लामा धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको हुँदा आगामी दिनमा त्यस्तो हुन नदिनका लागि अक्सिजन तथा अन्य स्वास्थ्य सामाग्री सहयोग गरेको उनले बताए ।

यो संस्थाले हिमाली १४ जिल्लाहरुमा स्वास्थ्य सामग्री वितरण तथा अन्य कामहरु गर्दै आइरहेको र दोलखामा स्वास्थ्य सामग्री निरन्तर वितरण गर्दै आएकोमा पुनः थप स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका सचिव रिनन पोखरेलले बताए । प्राप्त सामाग्रीहरु आवश्यकताको आधारमा स्थानीय तहको स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको र अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित अस्पतालहरुलाई प्रदान गरिने जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ