२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान

चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान


दोलखा – चाडपर्वको समयमा रगत अभाव हुन नदिनको लागि संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नजिकितै गरेको तिहारमा समयमा स्वास्थ्य संस्थाहरुमा रगत अभाव हुने गर्छ ।

यस्तो अवस्थामा जोकोहीलाई पनि रगत अभाव नहोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, प्रेम–पूर्ण–प्रताप फाउण्डेशन नेपाल र उज्यालो भविश्य संस्थाले संयुक्त रुपमा रक्तदान आयोजना गरिएको छ ।

सदरमुकाम चरिेकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरिएको उज्यालो भविश्य संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले मासिक रुपमा विभिन्न संस्थासंस्थाहरुसँग समन्वय गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा यसबीचमा हुन सकेका थिएन । त्रैमासिक रुपमा रक्तदान गर्दै आएका रक्तदाताहरुको लागि पनि आज आयोजना गरिएको  सोसाइटीले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ