२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीको स्वास्थ्यमन्त्रीमा निमा लामा नियुक्त, आजै सपथ लिने

बागमतीको स्वास्थ्यमन्त्रीमा निमा लामा नियुक्त, आजै सपथ लिने


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा लामा नियुक्त भएका छन् । नेपाली कांग्रेसकातर्फबाट सिन्धुपाल्चोक ख बाट निर्वाचित लामा आजै मन्त्रीको सपथ गराउने. तयारी छ ।

सपथ आजै अपरान्ह ४ बजेलाई तय भएको लामाले हेल्थआवाजलाई जानकारी दिए । उनले निवर्तमान केपी शर्मा ओली सरकारका युवा तथा खेलकूदमन्त्री दावा लामालाई पराजित गरेका थिए ।

सत्तागठबन्धन दलहरुबीच भागबण्डा नमिल्दा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । उनी नेकपा एसबाट नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका हुन् ।

पाण्डे मुख्यमन्त्री भएपछि पहिलो पटक बिहीबार क्याबिनेट विस्तार गर्ने तयारीमा छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ