२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश३४ विशेषज्ञ चिकित्सक र ३० मेडिकल अधिकृतसहित ६८ जना स्वास्थ्यकर्मी माग

३४ विशेषज्ञ चिकित्सक र ३० मेडिकल अधिकृतसहित ६८ जना स्वास्थ्यकर्मी माग


काठमाडौं—बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ । शुक्रबार बागमतीको स्वास्थ्य मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ६८ जना स्वास्थ्यकर्मी मागेको हो ।

जसमा ३४ जना विभिन्न विधाका विशेषज्ञ चिकित्सक रहेका छन् । मेडिकल सुपरिटेन्डेन्ट एक जना, स्वास्थ्य शिक्षा प्रशासक दुई जना र इन्टोमोलोजिष्ट एक जना माग गरिएको छ ।

यस्तै, मन्त्रालयले ३० जना मेडिकल अधिकृत माग गरेको छ । करार सेवामा माग गरिएको उक्त जनशक्तिका लागि ७ दिनभित्र आवेदन माग गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ