२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसिएमए बस्नेत बने शैलुङ गाउँपालिका–६ को वडाध्यक्ष

सिएमए बस्नेत बने शैलुङ गाउँपालिका–६ को वडाध्यक्ष


दोलखा–दोलखाको शैलुङ गाउँपालिका–६ मा स्वास्थ्यकर्मी दिपक बस्नेत वडाअध्यक्ष निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका बस्नेतले प्रतिद्वन्द्वी नारायणबहादुर खड्कालाई १ सय ४२ मतले पराजित गरेका हुन् ।

दोलखा बहुउद्देश्यीय तालिम संस्थानबाट वि.सं. २०५७ सालमा सिएमए अध्ययन गरी शैलुङ गाउँपालिका ६ फस्कुमा मेडिकल सञ्चालन गर्दै आएका छन् । गाउँमा मेडिकल सञ्चालन गर्दा जनतासँग भेटघाट र दुःखसुख बुझ्ने भएकाले बस्नेतले सहज तरिकाले चुनाव जितेका थिए ।

सुरु–सुरुमा स्वास्थ्य संस्थामा सिटामोल समेत नपाउने अवस्था थियो । त्यस्तो अवस्थामा पैसानै तिरेर भएपनि बिरामीले गाउँमानै सेवा पाउने भएकाले मेडिकल सञ्चालन गर्नुपर्ने अवस्था थियो । कतिपय बिरामीहरु नियमित औषधि खानुपर्छ । भनेको समयमा औषधि उपलब्ध हुँदैन थियो, त्यस्ता जटिल अवस्थामा औषधि उपलब्ध गराइदिन्थे । गाउँमानै सहज तरिकाले भेटिने र स्वास्थ्यापचारमा आफूले धेरै सहयोग गर्ने उनको चुनावी नारा थियो ।

यस पालिकाको अन्य वडामा चुनाव जित्न धौ–धौ परेको बेलामा आफूले सहज तरिकाले चुनाव जितेको बस्नेत बताउँछन् । सिएमए उतीर्ण भएपछि उनी गाउँमानै मेडिकल राखेर बसेका थिए । पैसा नभएका विपन्न वर्गलाई उनले निःशुल्कै उपचार गर्ने गर्थे । पैसा नभएका तर उपचार नगरि नहुनेलाई उनले सित्तैमा औषधि समेत उपलब्ध गराउँदैं आएका छन् । आफूले समस्याको बेलामा सेवा गरेका हुनाले अहिले चुनाव जित्न सहज भएको बस्नेतको भनाइँ छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ