२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकोभिड–१९ बाट प्रभावितलाई वडाद्धारा आर्थिक सहयोग

कोभिड–१९ बाट प्रभावितलाई वडाद्धारा आर्थिक सहयोग


चरिकोट–कोभिड–१९ को संक्रमणबाट प्रभावितहरुलाई आर्थिक सहयोग गरिएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–९ का कोभिड–१९ बाट प्रभावितहरुलाई सहयोग गरिएको वडाअध्यक्ष ङिमगेली शेर्पाले बताए ।

दोलखाको गौरीशंकर गाउँपालिका–९ मा कोभिड प्रभावित र विपन्न परिवारलाई राहतस्वरुप रकम वितरण गरिएको छ । वडा नम्बर ९ का १६ जनालाई कोभिड– १९ बाट प्रभावित र अति विपन्न वर्गको परिवारलाई रकम वितरण गरिएको वडा नम्बर ९ का वडाअध्यक्ष शेर्पाले जानकारी दिए ।

कोभिड–१९ महामारीबाट थलिएका अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने योजनाअनुसार सरकारले जारी गरेको ‘कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि’ अन्तर्गत वडाका प्रत्येक परिवारलाई १० हजार रुपैयाँका दरले कुल १ लाख ६० हजार रुपैयाँ बराबरको रकम वितरण गरिएको वडाअध्यक्ष शेर्पाले बताए ।

सरकारले ७ सय ५३ वटै स्थानीय तहका विपन्न परिवारको संख्यासहित कार्यविधि सार्वजनिक गरेको थियो । कार्यविधिअनुसार महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको कारणबाट विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको संगठित क्षेत्रको मजदुर वा कामदार, कोभिड संक्रमणको कारण एका घरपरिवारको आय–आर्जन गर्ने, मुख्य सदस्यको मृत्यु भई आर्थिक संकट झेल्नुपरेका परिवारलाई रकम वितरण गरिएको उनले बताए ।

त्यस्तै यस गौरीशंकर गाउँपालिकाको गाउँसभाले निर्णय गरेअनुसार पालिकाभरिका सुुत्केरी महिलालाई निःशुल्क एम्बुुलेन्सको व्यवस्था गर्ने भनिएको निर्णय कार्यान्वयनमा ल्याएको छ । गौरीशंकर गाउँपालिका– ९ की मनिषा मगर हस्पिटलमा सुत्केरी हुन जाँदा र घर फर्किदा निःशुल्क एम्बुलेन्स सेवा दिएको वडाअध्यक्ष शेर्पाले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ