२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमती प्रदेशमा १३८ चिकित्सक र १३७ नर्ससहित ६०० जना कर्मचारी माग

बागमती प्रदेशमा १३८ चिकित्सक र १३७ नर्ससहित ६०० जना कर्मचारी माग


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले १३८ जना चिकित्सक र १३७ जना नर्सिङ कर्मचारीसहित ६०० जनाको रोजगारीका लागि आवेदन खुला गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालय हेटौडाले विभिन्न ५० पदमा ६०० कर्मचारी माग गरेको हो ।

१ वर्षका लागि करारमा लिन लागिएको उक्त ठूलो जनशक्तिमा ७१ जना नवौ तहका कन्सल्ट्यान्ट चिकित्सक र ५० जना आठौं तहका मेडिकल अधिकृत, ८ जना डेन्टल सर्जन, ८ जना आयुर्वेद चिकित्सक र १ होमियाप्याथी चिकित्सक माग गरिएको छ । यस्तै, सातौं तहका १२ जना नर्सिङ अधिकृत र पाँचौ तहका १२५ जना स्टाफ नर्सका लागि समेत आवेदन माग गरिएको छ ।

यस्तै, मन्त्रालयले नवौं तहको १ जना औषधी व्यवस्थापक, सातौं तहका २५ जना जनस्वास्थ्य अधिकृत, १ जना बायोमेडिकल इन्जिनियर, ११ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा पनि आवेदन माग गरेको छ । सातौं तहकै ६ जना रेडियोग्राफी टेक्नोलोजिष्ट, १ जना फार्मेसी अधिकृत, ७ जना फिजियो थेरापिष्ट, १ जना सिभिल इन्जिनियर माग गरेको छ ।

यसैगरी, पाँचौ तहका बायोमेडिकल टेक्नीसियन १० जना, इलेक्टीक टेक्नीसियन १ जना, ल्याब टेक्नीसियन ३३ जना, हेल्थ असिस्टेन्ट २१ जना, उत्पादन सहायक ४ जना, रेडियोग्राफर २५ जना, फार्मेसी सहायक २६ जना, अप्थाल्मिक असिस्टेन्ट ४ जना, एनेस्थेटिक सहायक ६ जना, मेडिकल रेकर्डर सुपरभाइजर ७ जना र अकुपञ्चरिष्ट १३ जना माग गरेको छ ।

यस्तै, चौथो तहका सहायक कम्प्युटर अपरेटर २७ जना, डेन्टल हाइजिनिष्ट ८ जनाका लागि आवेदन माग गरेको छ ।

श्रेणीबिहीनतर्फ हलुका सवारी चालक ६ जना, स्वीपर ६५ जना, एम्बुलेन्स चालक १ जना, औषधी कुटुवा ३ जना, कार्यलय सहयोगी ५ जना र सुरक्षा गार्ड ७ जना माग गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ