२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशप्रहरी दिवसमा रक्तदान कार्यक्रम आयोजना

प्रहरी दिवसमा रक्तदान कार्यक्रम आयोजना


दोलखा—प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा महिला २ जना र पदिक तथा जवानहरु २५ जना गरी २७ जनाले रक्तदान गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले जानकारी दिए ।

जिल्लामा रगत अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले विभिन्न निकायहरुसँग समन्वय गरी मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ