२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा रक्तदानको नयाँ कार्यतालिका तय

दोलखामा रक्तदानको नयाँ कार्यतालिका तय


दोलखा—रगत अभाव हुन नदिनको लागि दोलखामा रक्तदान कार्यक्रमको नयाँ कार्यतालिका निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको वार्षिक समीक्षा बैठकले वर्षभरि जिल्ला रगत अभाव हुन नदिनको लागि रक्तदानको वार्षिक कार्यतालिका निर्माण गरेको हो ।

जिल्लामा रगत आपूर्तिका लागि विभिन्न संघसंस्थाले महिनैपिच्छे पालैपालो रक्तदान कार्यक्रम गर्ने गरी कार्यतालिका निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्णप्रसाद पोखरेलले बताए । जिल्लाका अस्पतालहरुमा उपचाररत सुत्केरी, बिरामी, दुर्घटनाका घाइतेलाई रगत तुरुन्त उपलब्ध गराउन कार्यतालिकाअनुसार रक्तदान कार्यक्रम आयोजना हुने पोखरेलले बताए । उनकाअनुसार वार्षिक कार्यतालिकामा वि.सं. २०७९ मंसिरमा नेपाली कांग्रेस, पुसमा दोलखा दुग्ध उद्योग, कालिञ्चोक मावि, चरिकोट क्याम्पस, माघमा खोरथली सामुदायिक वन, रक्तदाता समाज, जनहित साकोसले रक्तदान कार्यक्रम आयोजना गर्नेछन् ।

त्यस्तै, फागुनमा गौरीशंकर बहुमुखी क्याम्पस र लालीगुराँस युवा क्लब, चैत्रमा जिल्ला सहकारी संघ, नेपाल क्षयरोग निवारण संस्था र जनसचेतन साकोसको पालो रहेको छ । वि.सं. २०८० साल बैशाखमा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा र हाम्रो जनकल्याण साकोस रहेको छ । जेठमा नेपाल मजुदर संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले रक्तदान कार्यक्रम आयोजना गर्नेछन् ।

असारमा दोलखा चेम्वर अफ कमर्श र नेपाल होटल व्यवसायी संघ, साउनमा सामुुदायिक विकास मञ्च, दोलखा जिल्ला फुटबल संघ, नेपाल रेडक्रस सोसाइटी सहरे शाखाले आयोजना गर्नेछन् । भदौंमा दीपज्योति समाज सुधार संस्था, मिलीजुली कालिञ्चोक साकोस, असोजमा जनमुखी साकोस र जिल्ला समन्वय समिति, कात्तिकमा प्रेमपूर्ण प्रताप फाउण्डेशन र दोलखा उद्योग वाणिज्य संघले रक्तदान कार्यक्रम आयोजना गर्नेछन् ।

यसअघि पनि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले विभिन्न संघसंस्थाको समन्वयमा वार्षिक रक्तदान कार्यक्रम तालिका तय गर्दै आएका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ