२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशवरिष्ठ चिकित्सक डा. पाण्डेको आतिथ्यतामा केयुको दीक्षान्त, स्वास्थ्य विज्ञानका ७१२ विद्यार्थी दीक्षित

वरिष्ठ चिकित्सक डा. पाण्डेको आतिथ्यतामा केयुको दीक्षान्त, स्वास्थ्य विज्ञानका ७१२ विद्यार्थी दीक्षित


काठमाडौं—काठमाडौं विश्वविद्यालय (केयु)को २८ औं दीक्षान्त सम्पन्न भएको छ । बिहीबार वरिष्ठ फिजिसियन डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न केयुको दीक्षान्तमा स्वास्थ्य विज्ञानका ७१२ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्त समारोह प्रधानमन्त्री एवं केयुका कूलपति शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा केयुमा अध्ययनरत विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी १ हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन् ।

मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानून, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी १ हजार ६ सय ६ जनासहित एक हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित भएको हुन् । जसमा मानविकीका दुई सय २०, शिक्षाका २ सय २, इञ्जिनियरिङका २६, कानूनका ४० जना, व्यवस्थापनका चार सय ५२, स्वास्थ्य विज्ञानका सात सय १२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये ७ सय ३४ जना पुरुष र ९ सय ६५ जना महिला छन् । दीक्षित हुनेमा क्यानडा, चीन, भारत, अस्ट्रिया, जर्मनी,  इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिङ्गापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्तराज्य अमेरिका गरी १४ देशका एक सय ८६ जना विदेशी विद्यार्थी समेत  छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ