२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसुन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर हुँदै

सुन्द्रावतीमा तीन दिने स्वास्थ्य शिविर हुँदै


दोलखा—कालिञ्चोक गाउँपालिकाण-८ मा ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । सुस्वास्थ अस्पताल र कालिन्चोक गाउँपालिकाले ग्रामीण भेगका जनताले भोग्दै आएका जटिल रोगहरुको फिजियोथेरापी, अकुपंचर र प्राकृतिक उपचार पद्धतिद्धारा स्वास्थ्य जाँच तथा उपचारका लागि शिविरको आयोजना गर्न लागेको हो ।

शिविरमा कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, हड्डी खिएको, वाथ रोग, माइग्रेन र पिनासको उपचार गरिने छ । यी रोगहरुमध्ये हाड जोर्नी र नसा सम्बन्धी रोगको विशेष प्राथमिकताका साथ चेक जाँच तथा उपचार गरिने सुस्वास्थ अस्पतालका सञ्चालक सुदर्शन बस्नेतले जानकारी दिए । खानपिनको कारण पछिल्लो अवस्थामा गाउँघरमा यस्ता रोगका अधिकांशलाई हुने भएकाले तीन दिनमा चार सयभन्दा बढीलाई उपचार गर्न नभ्याउने बस्नेतले बताए ।

शिविर कालिका माविमा बिहान ९ बजेदेखि बेलुकी ३ बजेसम्म मात्र सञ्चालन हुने आयोजकले जनाएको छ । सुस्वास्थ हस्पिटलको आयोजना र कालिञ्चोक गाउँपालिकाको सहकार्यमा शिविर सञ्चालन हुन लागेको हो । अस्पतालको ७ औं वार्षिकोत्सवको अवसरमा शिविर आयोजना गर्न लागेको बस्नेतले जानकारी दिए । अस्पतालले आफ्नो वार्षिकोसवमा शिविर आयोजना गर्दै आएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ