२०७९ असोज १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ

चितवन मेडिकल कलेज तोडफोडमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ


काठमाडौं—चितवन मेडिकल कलेजमा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा सोमबार प्रहरीले ११ जनालाई पक्राउ गरेको हो ।

आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासीकी बिरामी आशा ज्ञवालीको मृत्यु भएपछि तोडफोड भएको थियो । त्यसपछि आक्रोशित भिडले चितवन मेडिकल कलेजमा तोडफोड गरेको थियो । उक्त तोडफोडको घटनाको सरोकारवालाहरुले विरोध जनाएका छन् ।

तोडफोडमा संलग्न रहेको भन्दैं सीएमसीले सोमबार प्रहरीमा १४ लाख क्षतिपूर्ति माग गर्दै किटानी जाहेरी दर्ता गरेको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले ११ जना पक्राउ गरेको हो । पक्राउ परेमाथि कानुनअनुसार कारवाही हुने चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)