२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशक्याम्पसको वार्षिकोत्सवमा रक्तदान

क्याम्पसको वार्षिकोत्सवमा रक्तदान


चरिकोट—सदरमुकाम चरिकोटमा सञ्चालित गौरीशंकर बहुमुखी क्याम्पसको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । क्याम्पसको ४४ औं वार्षिकोत्सवको अवसर पारी सोमबार खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

क्याम्पसको वार्षिकोत्सव यही चैत्र १५ गते मनाउँदैंछ । वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख शान्त केसीले बताए ।

कार्यक्रम क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको थियो । रक्तदान कार्यक्रममा ६ महिलासहित ११ जनाले रक्तदान गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ