२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशपालिकाको वडा वडामा वर्थिङ सेन्टर

पालिकाको वडा वडामा वर्थिङ सेन्टर


चरिकोट—दोलखाको तामाकोशी गाउँपालिकाको एउटा अस्पतालसहित सबै वडामा वर्थिङ सेन्टर स्थापना भएका छन् । यस पालिकामा रहेका सात वटै वडामा वर्थिङ सेन्टर स्थापना गरिएको हो ।

गर्भवती तथा सुत्केरीका लागि वडावडामा विभिन्न सेवा सुविधासहितको पर्थिङ सेन्टर स्थापना गरेको तामाकासी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अरुणकुमार मिश्रले बताए । प्रत्येक वडा वडामा स्थापना गरेको वर्थिङ सेन्टरकै कारण घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्य रहेको शाखा संयोजक मिश्रले बताए ।

गर्भवती महिलाले स्वास्थ्य चौकीमै आएर चार पटक नियमित गर्भ जाँच गराएको भए यातायात खर्च बापत आठ सय रुपियाँ दिनुको साथै जीवन रक्षाका लागि गाउँपालिकाले पोषणयुक्त खानेकुरा खान दुई हजार थप रकम दिने गरेको संयोजक मिश्रले बताए ।

पालिकाका ७ वडाका स्वास्थ्य चौकी र एउटा अस्पतालमा रहेका वर्थिङ सेन्टरमा तालिम प्राप्त दक्ष प्रसूतिकर्मी, सुत्केरी गराउने साधन, औषधिसहितको सुविधा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले बताए । गर्भवती महिलाका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्स छन् । काठमाडौं वा अन्यत्र लाग्नुपरेमा एम्बुलेन्सका साथै अन्य गाडीको भाडा गाउँपालिकाले दिने गरेको स्वास्थ्य संयोजक मिश्रले बताए ।

वर्षा याममा सडक यातायातमा समस्या हुने भएकाले हरेक वडामा बर्थिङ सेन्टरबाट सेवा प्रदान गर्दै आएको छ । गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा गर्भवती महिला प्रकृति शिवाकोटीले खुशी व्यक्त गरिन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ