२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदक्ष जनशक्ति नहुँदा वर्षौदेखि स्टोरमै थन्कियो एक्सरे मेसिन

दक्ष जनशक्ति नहुँदा वर्षौदेखि स्टोरमै थन्कियो एक्सरे मेसिन


चरिकोट—सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति (रेडियोग्राफर) नहुँदा एक्सरे मेसिन वर्षौदेखि स्टोरमै थन्किएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन रेडियोग्राफर नभएकै कारण स्टोरमा थन्काएको हो ।

सरोकारवालाको खासै चासो नभएकै कारण मेसिन प्रयोगविहिन अवस्थामा पुगेको हो । लगभग पाँच वर्षअघिदेखि नै उक्त मेसिन प्रयोगमा नआएको सुरी प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अनमी सुस्मिता बराइलीले बताइन् ।

प्रायः दिनहुँजसो लडेका, हात खुट्टा मर्केका, ठोकेका, भाँचेका, टाउको, छातीको एक्सरे गर्नुपर्ने बिरामीहरु स्वास्थ्य केन्द्रमा आउने गर्छन । तर, एक्सरे मेसिन भएर पनि चलाउने रेडियोग्राफर नभएकै कारण अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अनमी बराइलीको भनाइ छ ।

दोलखाको उत्तरी क्षेत्रमा अस्पतालको रुपमा यही स्वास्थ्य केन्द्र मात्र हो । छिट्टै मेसिन प्रयोगमा ल्याउने गौरीशंकर गाउँपालिका–५ का वडाअध्यक्ष सुन्दर खड्काले बताए ।

एक्सरे मेसिन चलाउन सक्ने दक्ष रेडियोग्राफरलाई तलब सुविधाको लागि गाउँपालिकामा प्रस्ताव पेश गरेको र निकट भविष्यमै मेसिन प्रयोगमा आउने विश्वास वडाअध्यक्ष खड्काले व्यक्त गरे ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ