२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशस्वास्थ्य उपचार ऋण दिदैं एकीकृत फ्रेण्डसीप साकोस

स्वास्थ्य उपचार ऋण दिदैं एकीकृत फ्रेण्डसीप साकोस


चरिकोट—एकीकृत फ्रेण्डसीप साकोसले शेयर सदस्यहरुलाई आपत्तकालीन ऋण र स्वास्थ्य उपचार ऋणको व्यवस्था गरिएको छ । आफ्ना शेयर सदस्यहरुको जीवनमा आइपर्न सक्ने आपत्तकालीन अवस्थामा २० हजार रुपैयाँसम्म ४५ दिनभित्र ऋण चुक्ता गरेमा ब्याज तिर्न नपर्ने एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लि. जिरी दोलखाले व्यवस्था गरिएको हो ।

४५ दिनभित्रमा फिर्ता नगरेका बढी ब्याज लगाउने गरी दिने गरेको छ । त्यस्तै जटिल स्वास्थ्य समस्या भई उपचार गर्नु परेमा चार महिनासम्मको ग्रेस अवधि तोकिएको एकीकृत फ्रेण्डसीप साकोसका अध्यक्ष भूमीराज खड्काले बताए ।

शेयर सदस्यहरु दुर्घटना, आगलागी, भूकम्प, बाढी पहिरो, सर्पदंश, मुटुरोग, मिर्गौला रोग, ब्रेन ह्यामरेज, एपेन्डिसाइट्स र एसिड आक्रमणको सामना गर्नका लागि सहुलियत रुपमा ऋण प्रदान गर्ने व्यवस्था गरिएको छ । यी शीर्षकहरुको ऋण बढीमा ४५ दिनका लागि सहुलियत रुपमा प्रदान गरिनेछ ।

संस्थामा आवद्ध सदस्यहरुको स्वास्थ्यमा जटिल समस्या भई उपचारका लागि ठूलो धनराशी खर्च गर्नु पर्ने अवस्था भई उपचारको अभावमा सदस्य वा निजको एकाघर परिवारको जीवनको क्षति हुने अवस्थामा स्वास्थ्य उपचार ऋण प्रवाह गर्ने गरिएको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि संस्थाले कार्यविधि तयार पारी कोष खडा गरिएको अध्यक्ष खड्काले बताए ।

यसबाट हालसम्म ६८ जनाले आपत्तकालीन तथा स्वास्थ्य उपचार ऋण पाएका छन् । संस्थाको सेवा केन्द्र रहेका क्षेत्रहरुमध्ये दोलखाको जिरी नगरपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाका गरी ६८ जना शेयर सदस्यहरुले स्वास्थ्य उपचारका लागि ऋण पाएको सेवा केन्द्र प्रमुख विमला बुढाथोकीले बताइन् । स्वास्थ्य उपचार ऋण कार्यक्रम २०७७ सालबाट सुरु गरिएको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ