२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशत्रिशुली, धादिङ र मेथिनकोट अस्पतालका मेसु फेरिए

त्रिशुली, धादिङ र मेथिनकोट अस्पतालका मेसु फेरिए


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मातहतका तीन वटा अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरेको छ ।

नुवाकोटस्थित त्रिशुली अस्पतालको मेसु रहेका डा. दिपेन्द्र पाण्डेको काज फिर्ता भएको छ । काज फिर्ता भएसँगै उनी संघमा फिर्तामा भएका छन् ।

त्रिशुली अस्पतालमा सुधारको काम गरेको डा. पाण्डेको ठाउँमा त्यही अस्पतालका चिकित्सक डा. प्रतीक सिंहलाई मेसुको जिम्मेवारी दिइएको छ ।

धादिङ जिल्ला अस्पतालमा राम्रो काम गरिरहेका डा. मधुकर दाहालको सरुवा मेथिनकोट (काभ्रे जिल्ला) अस्पतालमा भएको छ । उनले मेथिनकोट अस्पतालको मेसुको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि मेथिनकोट अस्पतालको मेसु आयुर्वेद चिकित्सक डा. पुरुपोत्तम सेढाइ रहेका थिए । उनलाई काभ्रेको स्वास्थ्य कार्यलय प्रमुखको जिम्मेवारी दिइएको छ ।

डा. दाहाल यसअघि मेसु रहेको धादिङ अस्पतालमा सोही अस्पतालका आठौं तहका चिकित्सक डा. रुद्र भण्डारी मेसु नियुक्त गरिएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ