२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमतीको स्वास्थ्यमन्त्रीमा उत्तम जोशी

बागमतीको स्वास्थ्यमन्त्रीमा उत्तम जोशी


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा उत्तम जोशीले नियुक्त भएका छन् । आइतबार बागमतीका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्दै स्वास्थ्य मन्त्रीको जिम्मेवारी जोशीलाई दिएका हुन् ।

जोशी चितवन २ (२) बाट निर्वाचित कांग्रेस प्रदेशसभा सदस्य हुन् ।

गठबन्धन दलबहरुबीच भागवण्डा नमिल्दा दुई महिनादेखि बागमतीको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । भागबण्डा मिलेपछि मुख्यमन्त्री जमरकट्टेलले ६ जना मन्त्रीहरु नियुक्त गरेका हुन् ।

जोशी नेपाली कांग्रेसबाट मन्त्री नियुक्त भएका छन् । जोशीसँगै नेपाली कांग्रेसबाट पुकार महर्जन पर्यटन, उधोग तथा सहकारी, मसिना खड्का वन तथा वातावरण र रामकृष्ण चित्रकार विनाविभागी मन्त्री नियुक्त भएका छन् । यस्तै, एकीकृत समाजवादीबाट डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्री नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा आइतबार नै पद तथा गोपनीयताको सपथ गराएका छन् र


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ