२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसिन्धुली अस्पतालका १३ डाक्टरको पत्र, ‘सुरक्षा ग्यारेण्टी नभएसम्म सेवा दिन सक्दैनौं’

सिन्धुली अस्पतालका १३ डाक्टरको पत्र, ‘सुरक्षा ग्यारेण्टी नभएसम्म सेवा दिन सक्दैनौं’


काठमाडौं—सिन्धुली अस्पतालमा कार्यरत चिकित्सकहरुले अस्पताल प्रमुखलाई पत्र लेखेर आफूहरु सुरक्षा ग्यारेण्टी नहुँदासम्म बिरामीलाई सेवा प्रवाह गर्न नसक्ने भन्दैं पत्र बुझाएका छन् । बुधबार अस्पताल कार्यरत सबै चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश प्रधानलाई पत्र लेखेर आफूहरु उचित सुरक्षा प्रबन्ध भएमात्रै काममा फर्कन सक्ने बताएका छन् ।

मंगलबार अस्पतालबाट रिफर गरिएकी एक गर्भवतीको बर्दिवासस्थित एक अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि आक्रोशित समूहले साँझ सिन्धुली अस्पतालमा ब्यापक तोडफोड गरेको थियो । अस्पतालका मेसु डा. प्रधानकाअनुसार यसले अस्पतालका पूर्वाधारहरुमा ठूलो क्षति भएको छ ।

सोही भिडले उपचारमा संलग्न चिकित्सकलाई पनि खोजेको थियो । अस्पतालमा इमर्जेन्सी, ओपीडी, आईपीडी, मेटरनिटी वार्डहरुमा समेत क्षति पुगेको थियो ।

चिकित्सकहरुले पत्रमा भनेका छन्, ‘यस्तो अवस्थामा हामी स्वास्थ्यकर्मीहरु असुरक्षित रहेका कारणले उचित सुरक्षाको व्यवस्था नभएसम्म यस अस्पतालमा इमर्जेन्सी, आईपीडी, ओपीडी, मेटरनिटीलगायत सम्पूर्ण सेवाहरु उपलब्ध गराउन असक्षम रहेको व्यहोरा अनुरोध छ ।’ स्वास्थ्यकर्मीहरुले उचित सुरक्षा उपलब्ध गराउन पनि माग गरेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ