२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशवैतेश्वर अस्पतालमा वर्थिङ सेन्टर सञ्चालनमा

वैतेश्वर अस्पतालमा वर्थिङ सेन्टर सञ्चालनमा


चरिकोट—दोलखाको वैतेश्वर गाउँपालिकाले वैतेश्वर अस्पतालमा वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । वर्थिङ सेन्टर नयाँ व्यवस्थापनसहित सञ्चालन ल्याइएको हो ।

वर्थिङ सेन्टरको उद्घाटन गर्दै वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले ग्रामीण भेगका गर्भवतीहरुले जोखिम मोलेर घरमा सुत्केरी गराउनुपर्ने समस्याको अन्त्य होस् भन्ने उद्देश्यले अस्पतालमा सुविधा सम्पन्न वर्थिङ सेन्टर सञ्चालनमा ल्याएको बताए । उनले आमा, शिशु दुवैको स्वास्थ्यमा ख्याल गरी उपचार, सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई अनुरोध समेत गरे ।

गाउँपालिकाले वडा–वडामै वर्थिङ सेन्टर निर्माण गरिसकेको र वैतेश्वर अस्पतालमा पनि आवश्यकता भएकाले पालिकाले आवश्यक उपकरण, छुट्टै भवन र जनशक्ति व्यवस्थापन गरी वर्थिङ सेन्टरलाई सञ्चालनमा ल्याएको वैतेश्वर अस्पतालका व्यवस्थापक रोशन कुमार गिरीले जानकारी दिए ।

उद्घाटन कार्यक्रम वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले सबै वैतेश्वर गाउँपालिका भित्रका गर्भवती महिलाले सुत्केरी हुनको लागि टाढाका अस्पताल तथा जोखिम मोलेर घरमै सुत्केरी हुनु नपर्ने बताइन् । उनले सबै महिलाहरुलाई अस्पतालमै आएर स्वस्थ रूपमा सुत्केरी हुन अनुरोध समेत गरिन् ।

कार्यक्रम वडाअध्यक्ष अशोक तामाङ, वैतेश्वर गाउँपालिका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईं, वैतेश्वर अस्पतालका प्रमुख डाक्टर–शिङनाथ यादव, अस्पताल व्यवस्थापन समिति सदस्य किरण तामाङ, अस्पतालका स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय अस्पतालको सेवामा सुधार आएसँगै बिरामीको संख्या पनि वृद्धि भएको पाइएको छ । वैतेश्वर अस्पताललाई नमुना अस्पताल बनाउन पछिल्लो समय यहाँका जनप्रतिनिधिहरुले चासो दिएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ