२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन

दोलखामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन


चरिकोट—दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ स्थित साखिनेमा सोमबारदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । वडाभरिकै जेष्ठ नागरिक ९८ वर्षीय चन्द्रबहादुर कार्की र ८४ वर्षीय श्रीमान तामाङले संयुक्त रुपमा स्वास्थ्य केन्द्र उद्घाटन गरेका थिए ।
सेवाग्राहीले सहज तरिकाले घर नजिकैबाट सेवा पाउनको लागि स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो । यस स्वास्थ्य केन्द्रबाट सिङाराम, खुस्पाले, ढाँडचौर, पुरानगाउँ, रोजनागी, सखिने, ओदि, नेवारगाउँ, कालिमाटी, दामुना, होप, सिमटोल, भटासबारि, लामाटोल, ओखरबोट, नैटोल, घिसिङडाँडा, टहलेटोल, गख्रेनी, दाहालटोल, देउरालीडाँडा र डिहिलगायतका पाँच सय घरधुरीले सेवा प्राप्त गर्न सकिने वडा नं. ७ का वडाअध्यक्ष विनोद तामाङले बताए ।
यस स्वास्थ्य केन्द्र उद्घाटन वडाअध्यक्ष विनोद तामाङको अध्यक्षता र पूर्ववडाअध्यक्ष कैलाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । यसअघि वडामा ढुंगेधारा उद्घाटन पनि जेष्ठ नागरिकद्वारा नै गरेका थिए । वडामा हुने सबै खालका औपचारिक कार्यक्रमहरु जेष्ठ नागरिकद्वारा गरिने वडाअध्यक्ष तामाङले बताए ।

क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ