२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशपूर्ण खोपयुक्त भीमेश्वर नगरपालिका घोषणा

पूर्ण खोपयुक्त भीमेश्वर नगरपालिका घोषणा


चरिकोट—दोलखाको भीमेश्वर नगरपालिकाले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष ०८०/८१ को स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको अवसरमा उक्त घोषणा गरेका हुन् ।

पालिकाभित्र रहेका बालबालिकाहरुलाई स्वास्थ्य मन्त्रालय संघीय सरकारले तोकिएका सबै खालका खोपहरु पूरा गरिएको हुँदा पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनाभित्र लगाई सक्नुपर्ने खोपहरु यस आर्थिक वर्षमा सबै पूरा गरेका छन् ।

भीमेश्वरमा रहेका १५ महिनाभित्रका ५०२ जना बालबालिकाहरुलाई १३ प्रकारका खोपहरु पूर्ण रुपमा लगाएका छन् । गत वर्ष फागुन महिनादेखि सुरु गरिएको खोप अभियान आर्थिक वर्ष ०७९÷८० मा सबै बालबालिकालाई लगाएको हुँदा बुधबार घोषणा गरिएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिए ।‘ स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चिता हाम्रो प्रतिवद्धता’ भन्ने नाराकासाथ खोप अभियान सञ्चालन गरिएको थियो ।

भीमेश्वर नगरपालिकाको वडा नं. १ देखि ९ नम्बरसम्मका सबै बालबालिकाहरुलाई पूर्ण खोप पूरा गर्नुको साथै पूर्ण खोपयुक्त वडा घोषणा गरिसकेका छन् । वडा घोषणा गर्नुको साथै स्वास्थ्यकर्मीद्धारा घरधुरी सर्वेक्षण, खोपकार्ड वितरण र छुटेकालाई खोपको दायरामा ल्याउने जस्ता मापदण्ड पूरा गरिएको हुँदा खोपयुक्त नगरपालिका घोषणा गर्न योग्य भएको हो । पालिकामा १६ महिनादेखि २३ महिनासम्मको बालबालिकाहरु ११७४ जना छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाअन्तरगत वडा वडामा रहेका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई केन्द्रहरुले समेत खोप अभियानलाई साथ दिएका थिए । निर्देशिका, २०७१ तेस्रो संस्करण २०७७ बमोजिम यस नगरपालिकामा जन्मेपछि २३ महिना भित्रका सम्पूर्ण बालबालिकाहरुलाई नेपाल सरकारबाट सूचिकृत भई उपलब्ध गराईएको सम्पूर्ण खोप समयमा नै पहुँचयोग्य गुणस्तर तवरबाट उपलब्ध गराइएको/गराउने र हरेक वर्ष भीमेश्वर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता गराउने प्रक्रियालाई निरन्तरता दिइने प्रतिवद्धता गर्दै भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले वाचन गरेर घोषणा गरेका हुन् । दोलखा वि।सं। २०७२ सालमै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ