२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशजंगली च्याउ खाँदा एक जनाको मृत्यु

जंगली च्याउ खाँदा एक जनाको मृत्यु


चरिकोट—दोलखाको गौरीशंकर गाउँपालिका–६ चंखुका एक जना महिलाको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाँदा सोमलेकी शेर्पाको मृत्यु भएको छ भने परिवारका अन्य चार जना बिरामी परेका छन् ।

जंगली च्याउ खाँदा ३२ वर्षीया सोमलेकी शेर्पाको सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जंगली च्याउ खाएर बिरामी परेकी सोमलेकी र उनका परिवारका ४ जना बालबालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पताल प्रशासनले शेर्पाको मृत्युपछि मात्रै प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए ।

प्रहरीकाअनुसार जनशक्ति बिनै अस्पतालले बिरामीको उपचार हुने भन्दै बिरामीलाई राखेको थियो । सोमलेकीको उपचारको क्रममा मृत्यु भएपछि अन्य चार बालबालिकालाई भने थप उपचारका लागि काठमाडौं रिफर गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ