२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसाउनदेखि निःशुल्क दन्त सेवा

साउनदेखि निःशुल्क दन्त सेवा


चरिकोट—पशुपति चौलागाई स्मृति अस्पताल दोलखाले साउनदेखि निःशुल्क दन्त सेवा प्रदान गर्ने भएको छ । अस्पतालले सेवाग्राहीको अवस्थालाई ध्यानमा राखी निःशुल्क दन्त सेवा प्रदान गर्न लागेको हो ।

अस्पतालमा अधिकांश बिरामी दाँतको समस्या लिएर आउने गरेको हुनाले अन्य सेवामा शुल्क निर्धारण गरे तापनि दन्त सेवामा भने निःशुल्क गर्न लागेको अस्पताल प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०७९/८० मा अस्पतालले प्रदान गरेको सेवा सुविधाको बारेमा जानकारी दिने उद्धेश्यले आयोजित वार्षिक समीक्षा कार्यक्रममा अस्पतालले सोचेभन्दा राम्रो सेवा प्रवाह गरिएको जनाएको छ । एक वर्षको अवधिमा अस्पतालले पुरुष ८ हजार ९०२ र महिला १२ हजार १०३ गरी २१ हजार ५ जनालाई सेवा प्रदान गरेको छ ।

त्यस्तै, अस्पतालले विशिष्टीकृत सेवासमेत प्रदान गरेको जानकारी दिएको छ । विशिष्टीकृत सेवाअन्तर्गत हाडजोर्नी तथा नसा सम्बन्धी ४४०, मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा १२०, मानसिक रोगको विशेषज्ञ सेवा १५० र इन्ड्रोक्राइन १४३ जना रहेका छन् ।

अस्पतालको आर्थिक तथा जनशक्ति कम हुँदाहुँदै पनि सेवाग्राहीलाई सन्तुष्टि हुने खालको सेवा प्रदान गरिएको पशुपति चौलाागाई स्मृति अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष भरत नारायण प्रधानले जानकारी दिए । अहिले पनि अस्पतालको पर्याप्त भवन र दक्ष जनशक्ति नहुँदा अत्याधुनिक मेसिनहरु त्यत्तिकै थन्किरहेको बताए । नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि डायलोसिस मेसिन सञ्चालनमा ल्याउने अध्यक्ष प्रधानले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा मुख्यमन्त्री जनता कार्यक्रम, डायलोसिस सेवा र सामाजिक सेवा इकाई कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने कार्यक्रममा जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ