२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान

रेडक्रस सोसाटीको स्थापना दिवसका अवसरमा दोलखाको मेलुङमा रक्तदान


दोलखा– दोलखाको मेलुङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवस मनाईएको छ । गाउँपालिका र रेडक्रस सोसाइटी मेलुङ उपशाखाको संयोजनमा आयोजित कार्यक्रममा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा मेलुङवासी ५० जनाले रक्तदान गरेका थिए ।
बिरामीलाई रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको हो। मेलुङ गाउँपालिकाभित्र रहेका महिला स्वयमसेवीका, आमा समूहलगायत २६ जना महिला र २४ पुरुषले रक्तदान गरेको गाउँपालिकाका प्रवक्ता नवराज खड्काले बताए ।
रक्तदान कार्यक्रमको उद्घाटन उपशाखाका सभापति कृष्ण बहादुर जोगीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष हिरा थोकरको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति ईश्वरी दाहाल, मेलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष र मेलुङ स्वास्थ्य चौकीका प्रमुखको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ