२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशछौडेमा निःशुल्क आँखा शिविर

छौडेमा निःशुल्क आँखा शिविर


दोलखा—दोलखाको तामाकोशी गाउँपालिका—३ छौडेमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । पछिल्लो समयमा आँखा सम्बन्धी विभिन्न समस्या र रोग देखा पर्न थालेपछि यसको न्यूनीकरणको लागि गाउँपालिकाले गाउँमा नै निःशुल्क आँखा शिविर आयोजना गरेको हो ।

गुड भिजन इन्टरनेशनलको हेड एन्टजे क्रिस्टको टिम, तिलगंगा आँखा प्रतिष्ठान, दोलखा लायन्स आँखा केन्द्रको सहयोग र तामाकोशी गाउँपालिका अन्तगरगत आँखा शिविर आयोजना गरिएको तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले बताइन् ।

शिविरमा २ सय ५६ जनाले आँखा परीक्षण गर्नुको साथै ९२ जनाले निःशुल्क चस्मा प्राप्त गरिएको उपाध्यक्ष सुवेदीले बताइन् ।

आँखा परीक्षणपश्चात २३ जनाको शल्यक्रिया गर्नुपर्ने झुले स्वास्थ्य चौकीका इन्चार्ज सुरेशप्रसाद यादव जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ