२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशगौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर

गौरीशंकरमा निःशुल्क मोतिविन्दु छनोट शिविर


चरिकोट—दोलखाको गौरीशंकर गाउँपालिकामा निःशुल्क मोतिविन्दु छनोट शिविर सुरु भएको छ । मंगलबारबाट नेपाल नेत्र संघ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गौरीशंकर गाउँपालिकाको संयुक्त आयोजनामा ४ दिने निःशुल्क मोतिविन्दु छनोट शिविर सुरु भएको हो ।

शिविरको पहिलो दिन मंगलबार सेतीदेवी आधारभूत विद्यालय मन्थलीमा सञ्चालन गरिएको गौरीशंकर गाउँपालिकाको सुचना अधिकारी वसन्त रेग्मीले जानकारी दिए । उनका अनुसार शिविरमा २८ जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी फेला परेका छन् ।

त्यसैगरी, १३ मंसिरमा सामुदायिक स्वास्थ्य एकाई गुरुम्फीमा शिविर आयोजना गरिएको थियो । १४ मंसिरमा झयाँकु स्वास्थ्य चौँकीमा र १५ मंसिरमा जुँगु स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिनेछ ।

उक्त शिविरबाट छनोट भएका मोतिविन्दुका बिरामीलाई १६ मंसिरदेखि १८ मंसिरसम्म गौरीशंकर गाउँपालिका सेवा केन्द्र भोर्लेमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । आँखाको पारदर्शितामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनु नै मोतिविन्दु हो ।

अपारदर्शी भएको अवस्थामा मानिसलाई टाढाको वस्तु र विस्तारै नजिकको वस्तु वा कुनै वस्तु छुट्याउन गाह्रो भएमा मोतिविन्दुको समस्या हुन सक्छ । मोतिविन्दुको उपचार बेलैमा नगरेमा दृष्टिघातक रोग जलविन्दु हुने भएकोले बैलेमा मोतिविन्दुको उपचार गर्न डाक्टरहरुको सुझाव छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ