२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशबागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा तिवारी

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा तिवारी


काठमाडौं—स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको जिम्मेवारी दीपकप्रसाद तिवारीले पाएका छन् । गत बिहीबार बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले तिवारीलाई निर्देशनालयको निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघि स्वास्थ्य निर्देशनालयको निमित्त प्रमुखमा सागरप्रसाद घिमिरे थिए । बागमतीको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले तिवारीले बुधबारदेखि जिम्मेवारी सम्हालेको जानकारी दिए ।

‘उहाँले आजदेखि स्वास्थ्य निर्देशनालय निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको हो,’ उनले भने ।

१९ मंसिरमा बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्कालाई हटाएर तिवारीलाई स्वास्थ्य सचिवको बनाइएको थियो । खड्कालाई भने मुख्यमन्त्री कार्यलयमा तानिएको थियो ।

तर, आफूलाई मुख्यमन्त्री कार्यलय तान्ने बागमती सरकारको निर्णय विरुद्ध खड्का सर्वोच्च अदालत  गएका थिए । २८ मंसिरमा सर्वोच्चले उनलाई जिम्मेवारी फर्काइदिएपछि तिवारीलाई स्वास्थ्य निर्देशनालयको जिम्मेवारी दिइएको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ