२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसिमीगाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

सिमीगाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन


चरिकोट—गौरीशंकर गाउँपालिका—९ गौरीशंकर सिमीगाउँमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । मंगलबार सुविधासम्पन्न नवनिर्मित स्वास्थ्य चौकी भवन गाउँपालिका अध्यक्ष विश्वास कार्कीले उद्घाटन गरेका हुन् ।

वि.सं. २०७२ सालको भूकम्पपछि उक्त भवन निर्माण गरिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापको ३ करोड लगानीमा २ तले भवन निर्माण गरिएको स्वास्थ्य चौकी इन्चार्ज धर्मेन्द्रजंग हमालले जानकारी दिए । उनका अनुसार २०७८ साल आर्थिक वर्षबाट सेवा सुरु भएको सो भवन वि.सं. २०७९ साल कात्तिकमा निर्माण सम्पन्न भएको हो ।

यस स्थानमा १० कोठाको २ तले भवन निर्माण सम्पन्न भएसँगै सिमीगाउँ, वेदिङ, नागाउँ र रिकुलगायतका स्थानीयले स्वास्थ्य सेवा पाउने छन् । यसअघि ३ कोठे अस्थायी टहराबाट बिरामीलाई सेवा दिदैं आएको थियो ।

भवन उद्घाटन गौरीशंकर गाउँपालिका ९ का वडाअध्यक्ष ङिमगेली शेर्पाको अध्यक्षता र गाउँपालिका अध्यक्ष विश्वास कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गौरीशंकर गाउँपालिका प्रवक्ता युग बहादुर बस्नेत, गौरीशंकर स्वास्थ्य चौकी इन्चार्ज धर्मेन्द्रजंग हमाल र स्थानीयको उपस्थिति रहेका थिए ।

कार्यक्रममा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दान गर्ने चने शेर्पा र यस वडामा २५ वर्षसम्म महिला स्वास्थ्य स्वयमसेविकाको रुपमा सेवा प्रदान गरेकी मैया श्रेष्ठलाई सम्मान गरिएको छ । जग्गादाता चने शेर्पाले ४ रोपनी जग्गा दान गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ