२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमेलुङमा मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया

मेलुङमा मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया


चरिकोट— दोलखाको मेलुङ गाउँपालिकाले मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गराएको छ । गाउँपालिकामा रहेका ७ वटै वडाका मोतियाबिन्दुका बिरामीहरुको आँखा परीक्षण अभियान सुरु गरी गाउँमा नै शल्यक्रिया गरिएको हो ।

२० फागुनदेखि गाउँपालिकामा रहेका ७ वटा वडाहरुमा भएको आँखा शिविरबाट मोतियाबिन्दुको समस्या भएका व्यक्तिको शल्यक्रिया गरिएको मेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले बताए । ७ वटा वडामा १ हजार जनाले अाँखा परीक्षण गराउँदा ४७ जनाको आँखामा मोतियाबिन्दुको समस्या देखिएको थियो ।

७५ जनाको शल्यक्रिया २८ फागुनदेखि सुरु गरेर ३० फागुमा सम्पन्न भएको हो । सोही शिविरमा ३ जनाको आँखामा पलाएको मासुको समेत शल्यक्रिया गरिएको थियो ।

आँखा शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. लिना बज्राचार्य, डा. मनिषा थापा, विप्लव खड्का, योगिता विक, कुमार राई, सावित्री ओली र काजीबहादुर दर्जीको टोलीले ३ दिनसम्म शल्यक्रिया गरेका थिए ।

मेलुङ गाउँपालिकाको त्रिभुवन माविमा ३ दिनसम्म आयोजना गरिएको निःशुल्क आँखाको शल्यक्रिया गरिएका बिरामीहरु विशेषगरी खर्च गरेर सुविधा सम्पन्न आँखा अस्पतालमा जान नसक्ने खालका थिए ।

आँखा शल्यक्रिया शिविरको आयोजना मेलुङ गाउँपालिकाको, तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा र दोलखा लायन्स आँखा केन्द्र प्राविधिक सहयोगमा गरिएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ