२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनेपालगन्जमा डेन्टलको क्षेत्रीय कार्यशाला सुरु

नेपालगन्जमा डेन्टलको क्षेत्रीय कार्यशाला सुरु


नेपालगन्ज—नेपाल डेन्टल एशोसिएसनको पहिलो क्षेत्रीय कार्यशाला नेपालगन्जमा सुरू भएको छ। शुक्रबारबाट सुरु भएको कार्यशालामा दन्त चिकित्साका क्षेत्रमा विकास भएका नयाँ प्रविधी र अनुभव आदान—प्रदान गरिनेछ ।

कार्यशालामा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली र कन्चनपुरलगायत पश्चिम क्षेत्रका करिब ६० जना दन्त चिकित्सकहरू सहभागी छन् ।

कार्यशालामा वरिष्ठ दन्तहरू चिकित्सक डा. सुमन गौतम, डा. श्यामकाजी महर्जन र डा. मिलन अधिकारीले दन्त रोगका उपचारमा विकास भएका नयाँ प्रविधी र अनुभवका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल डेन्टल एशोसिएसन बाँकेका अध्यक्ष डा. प्रतीक श्रेष्ठले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ