२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु

नर्सिङ कलेजको होस्टेलको पाँच तला माथिबाट हाम फालेकी १९ वर्षीया छात्राको मृत्यु


चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो रोल्पा नर्सिङ कलेजको होस्टेल बस्दै आएकी एक छात्राको मृत्यु भएको छ ।  होस्टेलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छात्राको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

पोखरा घर भई च्छो रोल्पा नर्सिङ कलेजमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीको उपचारको क्रममा गए राति मृत्यु भएको हो । उनलाई च्छो रोल्पा अस्पतालमा सामान्य उपचारपछि भक्तपुर रिफर गरिएको थियो ।

तर, गए राति भक्तपुरस्थित मध्यपुर थिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । ती छात्राले बुधबार नै होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास  गरेको उनले बताए । विदामा घर गएकी उनी बुधबार मात्रै चरिकोट फर्किएकी थिइन् ।

घरबाट आएको एक दिनमै उनले होस्टलको पाँचौ तलबाट हाम फालेकी हुन् । ती युवतीले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएकी अभिभावकले बताएका थिए । अहिलेसम्म उनले हाम फाल्नुको कारण भने खुलेको छैन ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ