२०८१ असोज १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशधुलिखेल दोलखा अस्पतालमा इण्डोस्कोपी सेवा सञ्चालनमा

धुलिखेल दोलखा अस्पतालमा इण्डोस्कोपी सेवा सञ्चालनमा


चरिकोट—दोलखाको भीमेश्वर नगरपालिका–२ दोलखामा रहेको धुलिखेल दोलखा अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याइएको छ । इन्डोस्कोपी सेवाको शुभारम्भ भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख ईश्वर नारायण मानन्धरले धुलिखेल दोलखा अस्पतालले दोलखालगायत छिमेकी जिल्लाका नागरिकहरुलाई समेत गुणस्तरीय सेवा दिदैं आएको र आगामी दिनमा इन्डोस्कोपी सेवा सञ्चालनमा आएपछि अझ उपचारमा थप गुणस्तरीयता कायम हुने अपेक्षा लिएको बताए ।

नगरप्रमुख मानन्धरले दोलखाली नागरिकले अस्पतालबाट सर्वसुलभ शुल्कमा इन्डोस्कोपी सेवा लिन सक्ने वातावरण बनाउन अस्पताल प्रशासनलाई आग्रहसमेत गरे । नगरप्रमुख मानन्धरले इन्डोस्कोपी सेवाले दुर्गमका जनतालाई उपचारको लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने विश्वास लिएको बताए ।

धुलिखेल दोलखा अस्पतालका प्रशासन प्रमुख डा. दिपेश ताम्राकारको सभापतित्वमा सम्पन्न इन्डोस्कोपी सेवा शुभारम्भ कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, वडा नम्बर– २ का वडाअध्यक्ष स्टालीन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

इन्डोस्कोपी सेवाले ग्यास्ट्राइटिस, डुओडेनाइटिस, पेप्टिक अल्सर, पेप्टिक अल्सर रक्तस्राव, एचपाइलोरी संक्रमण, रक्तस्राव, ग्यास्ट्रिक क्यान्सरलगायत धेरै रोगहरुको पहिचानपछि उपचारमा सहज हुने डा. ताम्राकारले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ