२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशतामाकोशी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर

तामाकोशी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर


चरिकोट—पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । पाठेघरको मुखको क्यान्सर पहिचान गरी उपचार गर्नको लागि आयोजना गरिएको हो ।

दोलखाको तामाकोशी गाउँपालिकाले आयोजना गरिएको शिविरमा १७२ जना महिलाहरुले सेवा लिएका छन् । विशेषगरी, पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान गर्न भिआईए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्य उपचार गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले जानकारी दिए ।

स्वास्थ्य शाखाका प्रमुख मिश्रको अनुसार भीआईए परीक्षणले केही वर्षपछि पाठेघरको मुखको क्यान्सरको अवस्था कस्तो छ भन्ने पहिचान हुनेछ । औषधी राखेर हेरेपछि क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्ने भएकाले यो विधि अपनाउने गर्दछ । कुन अवस्थामा छ र उपचारको विधि सोहीअनुसार अपनाउने गर्दछ । यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सकहरुले बताए ।

यस पालिकाको मालु—४ र हाँवा ७ को स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान गर्नका लागि शिविर आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएका १० जना महिलामा भीआईए पोजेटिभ र ८ जनामा आङ खस्ने समस्या देखिएको थियो । कतिपय महिलाको पाठेघरको मुखमा घाउ भएको, पाठेघरको मुखमा मासु पलाएको लगायत विभिन्न खालका सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी दिए ।

आर्थिक अभावका कारण सुविधासम्पन्न अस्पतालहरुबाट स्वास्थ्य सेवा लिन नसक्ने महिलाहरुको समस्यालाई दृष्टिगत गर्दै गाउँमै स्वास्थ्य शिविरको आयोजना गरिएको तामाकोशी गाउँपालिका ४ वडाअध्यक्ष नारायण खड्काले बताए । वडा कार्यालयले स्वास्थ्य क्षेत्रलाई बजेट विनियोजन गरी स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ ।

धुलिखेल अस्पताल र तामाकोसी अस्पतालका स्वास्थ्यकर्मीले महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ