२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत

आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत


चरिकोट— दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा राजन बस्नेत नियुक्त भएका छन् । ११ फागुनमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तर निर्णय गर्दै बस्नेतलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को पहिलो संशोधन, २०८१ अनुसार काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ (क) उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी बस्नेतलाई मनोनित गरिएको बागमती प्रदेशकी स्वास्थ्यसचिव डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

भीमेश्वर नगरपालिका–७ निवासी बस्नेत नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक कार्यमा सक्रिय छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ