२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशटाइफाइडका बिरामीहरू बढदैं गएपछि लुम्बिनीमा १३ लाख बढीलाई खोप लगाइने

टाइफाइडका बिरामीहरू बढदैं गएपछि लुम्बिनीमा १३ लाख बढीलाई खोप लगाइने


बुटवल—टाइफाइडका बिरारीहरू बढदै गएपछि लुम्बिनी प्रदेशका जिल्लाहरूमा टाइफाइड विरूद्वको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लाका १३ लाख बढीलाई खोप लगाउने तयारी गरेको हो ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनी १३ लाख १३ हजार ९८९ लाई टाइफाइड विरुद्धको खोप लगाइने जानकारी दिए । उनले यो जुनसुकै उमेर समूहका ब्यक्तिहरुलाई हुन सक्ने भएपनि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले यो समूहलाई खोप लगाइने बताए ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात सम्बन्धि लुम्बिनी प्रदेशस्तरीय पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले टाइफाइडबाट बच्नको लागि थाईपोईड खोप लगाइएको जानकारी दिएका हुन् ।

उनले भारतमा उत्पादित उक्त खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन सकिने बताए । चैत २२ गतेदेखि सुरु हुने खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरुको वार्षिक परीक्षा भएकोले वैशाख पहिले नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

दूषित पानीको कारणले लाग्ने टाइफाइड अस्पताल भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले अभियान नै सुरु गर्न लागिएको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । यो अभियान पहिलो पटक चलेको बताउँदै आगामी दिनमा नियमित लगाउन मिल्ने गरी अगाडि बढाइने उनले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ