२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा दादुराको संक्रमण तीब्र, ९२ बालबालिका संक्रमित

बाँकेमा दादुराको संक्रमण तीब्र, ९२ बालबालिका संक्रमित


नेपालगन्ज—नेपालगन्जमा फैलिएको दादुरा महामारीबाट संक्रमित हुने बालबालिकाको संख्या ९० पुगेको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये ११ वटा वडामा दादुरा महामारी फैलिसकेको छ । सोमबार मात्रै १४ जना संक्रमित थपिएका छन् ।

पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी ९० जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

दादुराको संक्रमणबाट ५ नम्बर वडाका ३१ महिने एक बालकको मृत्यु भइसकेको छ । दादुराबाट संक्रमित नेपालगन्ज–५ का ३ वर्षीया  बालिकालाई उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ । संक्रमित भएका तर स्वास्थ्य अवस्था सामान्य भएका बालबालिकाहरु होम आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नियमित रुपमा अपडेट लिइरहेका छन् ।

बढी संक्रमित तीन वटा वडाबाट सुरु गरिएको दादुरा रुबेलाविरुद्धको खोप अभियान आजदेखि थप ८ वटा वडामा सुरु गरिएको छ । हालसम्म करिब २ हजार १ सय बालबालिकालाई दादुरा विरुद्ध खोप दिइसकेको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए ।

खजुरामा पनि भेटिए दादुरा संक्रमित

नेपालगन्जसँगै जोडिएको बाँकेको खजुरा गाउँपालिकामा पनि दादुराको संक्रमित भेटिएका छन् । खजुरा गाउँपालिका वडा नम्बर २ गुरासपुरका २ जना बालकमा दादुरा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।

दादुरा तीव्र गतिमा फैलिन थालेसँगै नियन्त्रणका लागि स्वास्थ्य कार्यलयले संक्रमितहरुको खोज तलाससँगै खोप र उपचारको ब्यवस्था मिलाएको छ । कोभिड—१९ महामारीका बेला दादुराको खोप लगाउन नपाएका बालबालिकाहरुमा संक्रमण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ